१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमलाचौर स्कुल अल्मुनाई एसोसियसनको अधिवेशनको तयारी हुँदै, नयां नेतृत्व आउने

नेपालब्रिटेन डट कम्
९ माघ २०७९, सोमबार ०३:१४

बागलुङ । आफुले पढेको विद्यालयको शैक्षिक उन्नतीको लागि क्रियाशिल ‘अमलाचौर स्कुल अल्मुनाई एसोसिएसन ‘आशा’को तेस्रो अधिवेशन हुने भएको छ ।

एसोसियसनमा महासचिव राजन पौडेलका अनुसार संस्थाको महाधिवेशनको मिति तोक्न आगामी शनिवार भरर्चुअल बैठक वोलाइएको छ ।

‘आशा’ बागलुङ नगरपालिका वडा नम्बर १२ को विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको संस्था हो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माको अध्यक्षमा रहेको वर्तमान कार्यसमितिको कार्यअवधि सकिए पछि नयां समिति गठन हुन लागेको हो ।

विद्यालयका पूर्व विद्यार्थी समेत रहेका व्यवसायी चन्द्र ढकाल र हेमराज ढकालको पहलमा विद्यालयमा ६ करोड बढीको लागतमा विद्यालय भवन निमार्ण सम्पन्न भएको थियो ।

संस्थाको उपाध्यक्षमा हेमराज ढकाल र महासचिवमा राजन पौडेल छन् । यस्तै सचिवमा कृष्ण पौडेल र कोषाध्यक्षमा दुर्गालाल चापागाईं रहेका छन् ।

बर्तमान कार्यसमिति सदस्यहरुमा डा. ज्ञानेन्द्रप्रसाद पौडेल, मित्र पौडेल, बविता शर्मा, नवराज पौडेल, निशान विश्वकर्मा र सुजन परियार रहेका छन् । संचार संयोजकमा चिरन शर्मा रहेका छन् । संस्थाको बागलुङ संयोजकमा गोपाल पौडेल, पोखरा संयोजकमा दुमनाथ शर्मा र चितवन संयोजकमा दुर्गा ढकाल रहेका छन् ।

संस्थाले स्कुलमा गुणस्तरिय शिक्षा प्रदान गर्न बिभिन्न गतिविधि गर्दै आएको छ ।