१५ चैत्र २०८०, बिहीबार
Follow Us

चलचित्र ‘जारी’को पोस्टर सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१० माघ २०७९, मंगलवार ०५:२४

काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’ले आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय रहेको छ ।

‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र समेत हो । चलचित्रमा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

चलचित्रले पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई प्रस्तुत गर्ने चलचित्रको निर्माण पक्षले बताएको छ ।