११ बैशाख २०८१, मंगलवार
Follow Us

परराष्ट्रमन्त्री पौड्याल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१० माघ २०७९, मंगलवार १४:३८

काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच मंगलबार भेटवार्ता भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री पौड्याललाई भेट्न बेलायती राजदूत पोलिट सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् । उनीहरुबीच दुई देशको आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।