१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जनसम्पर्क समिति बेलायत : सभापति गुरुङले बोलाए भेला

नेपालब्रिटेन डट कम्
११ माघ २०७९, बुधबार ०८:३६

लण्डन् । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले भेला बोलाएका छन् ।

गुरुङका अनुसार समितिको गत महाधिवेशनको निर्णयलाई लिएर एउटा समूहले अतिरन्जित गर्दै बेलायत जनसम्पर्क समितिलाई विवादमा पार्न खोजे पछि कार्यसमिति र क्रियाशिल सदस्यहरुको परामर्शका लागि भेला बोलाएका हुन् ।

भेला आगामी शनिवार फेल्थामस्थित नमस्ते गोर्खामा दिउँसो १२ बजे पछि आयोजना हुने समितिले जनाएको छ ।

गत महाधिवेशनमा नेपाली जनसम्पर्क समिति बेलायतले चक्रिय प्रणाली अनुरुप नेतृत्व पालैपालो गर्ने निर्णयलाई नेपाली कांग्रेस पार्टीले अस्वीकार गरे पछि समितिभित्र विवाद बल्झिएको हो ।

गुरुङले संस्थाका क्रियाशिल सदस्यहरु र पार्टीको सुझाव अनुरुप अघि बढ्ने बताए । उनले आवश्यक परे ताजा महाधिवशेन गरेर नयां नेतृत्व चयन गर्न समेत आफु पछि नहट्ने बताए ।

जनसम्पर्क समिति बेलायतका महेश दाहाल समूहले आफु आधिकारी रहेको दावी गर्दै भेला आयोजना गर्दै आएको छ । गुरुङले गत अधिवेशनमा आफुले चक्रिय प्रणालीमा हस्ताक्षेर नगरेको जानकारी दिए । उनले पार्टीको विधान विपरित आफु नजाने बताए ।