१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए महिला विभागले ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रमको आयोजना गर्ने

नेपालब्रिटेन डट कम्
११ माघ २०७९, बुधबार १९:४७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको महिला विभागले विदेशमा रहेका नेपालीहरुको लागि ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रम संयोजक डा. अलिनि पोखरेल सुवेदीका अनुसार एनआरएनहरुलाई नै स्वास्थ्य सेवा दिने उदेश्यले सो कार्यक्रमको थालनी गर्न लागिएको हो । भरर्चुअल माध्यमबाट हुने पहिलो चरणको कार्यक्रम आगामी आइतवार नेपाली समय अनुसार दिउसो। साडे १२ बजे आयोजना हुने भएको छ ।

एसिया प्यासिफिक क्षेत्रीयमा आयोजना हुने सो कार्यक्रममा उपस्थित भैदिनु हुन् संघले आग्रह गरेको छ ।

हार्दिक निमन्त्रणा

गैरआवासीय नेपाली संघ, महिला विभागको महिला स्वास्थ तथा शिक्षा कार्यदल (Women Health and Education Task Force) ले नेपालीहरुमा बढ्दै गएको स्वास्थ्य समस्या, आत्महत्या र अन्य विभिन्न कारणले हुने बढ्दो क्रममा रहेको मृत्युदर लगायतको विषयमा यस समितिले “Health for Nepalese by NRNs” प्रोजेक्ट ( Service for Health of NRNs 90% and Health of Nepalese in Nepal 10%) को काम सुरु गरेको छ।

यो प्रोजेक्ट अहिलेसम्म भएका अन्य स्वास्थ्य प्रोजेक्ट भन्दा फरक र एनआरएनहरुलाई नै स्वास्थ्य सेवा दिने उदेश्यले थालनी भएको हो।

यसै अन्त्तर्गत एसिया प्यासिफिक क्षेत्रीय “स्वास्थ्य सचेतना र सल्लाह ” कार्यक्रम भर्चुअल माध्यमबाट आयोजना हुन गइरहेकोले उक्त कार्यक्रममा यहाँहरुको गरिमामय सहभागिताका लागि अनुरोध गर्दछौँ ।

धन्यबाद ।

Dr Sarita Pandey Bhattrai
Member Secretary WHETF
Dr Alini Pokharel Subedi Chair WHETF

कार्यक्रम:
मितिः २९ जनवरी २०२३, आइतवार
समय: १२-३ बजे दिउँसो नेपाल समय
https://zoom.us/j/94382191026?pwd=YVBKYm93WFVTbEZaTWdjRnFMN2tDQT09
Meeting ID: 943 8219 1026
Passcode: 2023

कार्यक्रम संयोजक: डा. एलिनी पोखरेल सुवेदी ( Chair WHETF, Secretary ICC NRNA)

Organiser: Women Health and Education TF , Women Department, NRNA,

पुनश्च: घरमा एक व्यक्ति अशक्त हुँदा महिला लगायत सम्पूर्ण परिवार पीडित हुन्छन्। तसर्थ, महिला विभागले NRN को स-परिवारको हीत को लागि ल्याएको यो प्रोजेक्टलाई साथ र सहयोग दिनुहुन अनुरोध गर्दछौँ।