१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘एनआरएन नागरिकताको यात्रा जारी छ, रविको फैसलाले केहि फरक पर्दैन् ‘

नेपालब्रिटेन डट कम्
१३ माघ २०७९, शुक्रबार १७:३६

चिरञ्जीवी घिमिरे । रबी लामिछानेको नागरिकताको मुद्दामा सर्बोच्च अदालतले प्रकृया नपुगेको भन्दै रबि लामिछाने लाई नागरिकता बिहिन “अनागरिक” बनाएको बुझिन्छ। रबी प्रति हाम्रो सहानुभुति छ र यो निर्णयबाट बिश्वभरि रहेका गैर आवासिय नेपालीहरु निरास भएका छन्। विद्यमान नागरिकता ऐनअनुसार लामिछानेले प्रक्रिया पालना नगरेको देखिएको भन्ने अदालतको आदेश को कारणले रबिका सम्पुर्ण उपल्ब्धिहरु समाप्त हुन्छन कि भन्ने त्रास उत्पन्न भएको छ भने अर्कोतिर विदेशमा गएर सिकेको सीप तथा ज्ञान नेपालमा भित्र्याउने बिषयमा शन्का उपसन्का उत्पन्न गराएको छ। रबिले बिदेसको नागरिकता त्यागी सकेको हुनाले गैर आवासिय नेपाली सघले सस्थागत रुपमा आधिकारिक धारणा बनाउन भने मिल्दैन।

बिगतमा हामीले गैर आवासिय नागरिकताको महत्व, आबश्यकता र दुरगामी प्रभावको बिषयमा धेरै ओझिला कार्यक्रमहरु गर्यौ र गैर आवसिय नागरिकताको औचित्व , मह्त्व र आबश्यकतालाई स्पस्ट पारि बिधयक सम्म बनिसकेको छ। गैर आबासिय नागरिकतालाई अन्य नागरिकताका बिषय र मुद्दाहरु बाट अल्ग गरेर छुट्टै बिधयक बनाएर यथासक्दो छिटो नेपाल सरकारबाट पास गरि लागु गर्नुको बिकल्प छैन्। हाम्रो एकमात्रै लक्ष्य एक पटकको नेपाली सधैको नेपाली नै हो। यो लक्ष्य सहज प्राप्त नहुने देखेर हामी गैर आवासिय नागरिकता भए पनी कमसे कम टेक्ने र समात्ने ठाउ हुन्छ भनी Compromise गरेका थियौ तर नागरिकता बिधयक नै पास हुन सकेन्। गैर आवासिय नेपाली नागरिकता प्राप्ति पछी सम्पुर्ण काम , सेवा, सुबिधा तथा कानुनि प्रकियाहरुमा पुर्ण सहजता रहने छ।

गैर आबासिय नागरिकताको प्रयास अझै शसक्त रुपमा अगाढि बढछ। आजको दिन देखि मलाई वा हामीलाई गैर आबासिय सघ चाहिदैन भन्ने NRNs हरुलाई अझै यो सस्थाको महत्व र गरिमा महसुस हुने छ। नेपालमा जानुहुने NRNs ले आफनो देशमा रहेको नेपाली राजदुतावास वा सम्बन्धित निकायमा सम्पर्क गरी NRN ID Card लिएर मात्रै नेपालमा किनबेच, लगानी जस्ता कामहरु गर्नुहुन बिषेस अनुरोध छ। सामान्य भेटघाटमा भिसा मात्रै हुदा भै हाल्छ। NRN ID Card दश बर्ष सम्म Valid हुन्छ भने नेपालमा जति समय बसे पनी भिसा लगाई रहनु पर्ने झन्झेट रहदैन। NRN ID Card भने नागारिकता वा सो सरह भन्ने बुझ्नु हुदैन। यो गैर आवासिय नेपाली परिचय पत्र मात्रै हो। नेपाल सरकारले प्रवासी नेपालीहरुलाई आवागमन सहज होस, नेपालमा बिदेसी लगानी भित्रीयोस , सेवा सुबिधा लिन सहज होस र कानुनि प्रकिया सहज होस भनी गैर आबासिय नेपाली एन भित्र NRN ID Card को स्पट ब्यबस्था गरेको छ। अहिलेको लागी यो परिचय पत्र को बिकल्प छैन्।

हाम्रो माग र यात्रा जारि छ, “बिबाद रहित गैर आवासिय नेपाली नागरिकता छुट्टै बिधयक ल्याएर भए पनी यथासक्दो छिटो लागु होस्। ” यो बिषयमा नेपाल सरकार भने सकारात्मक छ।