१५ चैत्र २०८०, बिहीबार
Follow Us

नागरिक र नागरिकता एउटै बिषय होइनन्, रविले कानुनको नजरअन्दाज गरे

नेपालब्रिटेन डट कम्
१३ माघ २०७९, शुक्रबार १७:४४

शेष पौडेल ।
जापान । नागरिक र नागरिकता एउटै बिषय होइनन । नागरिकताको प्रमाणपत्र नलिएको ब्यक्तिपनि निस्चित कानूनी मापदण्डको आधारमा त्यो देशको नागरिक नै ठहर्छ ।
नेपालको सम्बिधानको धारा ११ मा यो सम्बिधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य ब्यक्तिहरु नेपालको नागरिक हुनेछनू भन्ने उल्लेख छ भने सोही भागको (ख) मा कुनै ब्यक्तिको जन्म हुदाका बखत निजको बाबू वा आमा दुबै नेपालको नागरिक रहेछन भने निज बालिग भएपछि बम्शजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछू भनिएको छ । यसर्थ, रबि लामिछानेले अमेरिकाको नागरिकता त्याग गरिसकेको, उनी नेपाली बम्सज बाबु (आमाका सन्तान भएको तथा नेपाली नागरिकता प्राप्त गर्न सबै प्रकारले योग्य भएको समेत कारणबाट संबिधानको धारा ११ बमोजिम उनी नेपाली नागरिक नै हुन, अनागरिक वा बिदेशी होइनन ।

अहिले पनि केही नेपाली नागरिकहरूले ९०, ९५ बर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका समाचार आएकै छन, उनीहरू र उनका सन्तानहरु त्यसअघि अनागरिक वा बिदेशी अबश्य थिएनन, नेपाली नागरिक नै थिए भनेर बुझ्नु पर्दछ ।

सम्मानित सर्बोच्च अदालतको फैसलामा समेत रबि लामिछानेले नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगरेकोलेू पुरानो नागरिकताको आधारमा भए गरेका राजनैतिक कामकारबाहीलाई अमान्य घोषित सम्म गरेको हो, उनी अनागरिक वा बिदेशी नागरिक भन्ने बिषय कही कतै उल्लेख छैन र होइन पनि । अदालतले कानूनको रोहमा फैसला गर्ने हो, फैसलालाई अन्यथा भन्नू मिलेन ।
प्रक्रियागत रुपमा विष्लेषण गर्दा अमेरिकाको नागरिकता त्याग गरिसकेपछि नेपालको नागरिकता पुनः प्राप्तिकोलागी तुरुन्त प्रकृया अगाडि बढाउनु पर्नेमा सो नगरेको तथा पुरानै नागरिकतालाई चलनचल्तीमा ल्याएको दुबै कार्य कानून सम्मत होइनन र कानूनी प्रक्रियालाई यसरी नजरअन्दाज गर्नु उहाँजस्तो ब्यक्तिलाइ सुहाउने बिषय पनि होइन ।
तसर्थ, सम्मानित सर्बोच्च अदालतको फैसलालाई सम्मान गर्दै ब्यक्तिगत र सामाजिक जिवनका विभिन्न मोडमा आउन सक्ने यस्ता आरोह(अवरोह तथा गल्ती(कमजोरीबाट शिक्षा लिदै आगाडी बढ्नु नै उत्तम होला ।

(पौडेलको फेसबुकबाट, लेखक पूर्व प्रमुख जिल्ला अधिकारी हुन्)