१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमलाचौर स्कुल अल्मुनाई एसोसिएसनको निर्वाचन चैतको तेस्रो साता

नेपालब्रिटेन डट कम्
१४ माघ २०७९, शनिबार १६:१८

बागलुङ । आफुले पढेको विद्यालयको शैक्षिक उन्नतीको लागि क्रियाशिल ‘अमलाचौर स्कुल अल्मुनाई एसोसिएसन ‘आशा’को तेस्रो अधिवेशन तथा निर्वाचन अप्रिलको पहिलो साता हुने भएको छ ।

एसोसियसनका अध्यक्ष डा. हेम राज शर्माको अध्यक्षतामा शनिवार भरर्चुअल मार्फत बसेको बैठकले सो अधिवेशन आगामी चैत १८ गते ( १ अप्रिल) शनिवार गर्ने निर्णय गरेको हो । एसोसियसनको तेस्रो महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने छ ।

‘आशा’ बागलुङ नगरपालिका वडा नम्बर १२ को विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको संस्था हो ।

बैठकमा संस्थाका कोषाध्यक्ष दुर्गालाल चपागाईले संस्थाको आर्थिक व्यवस्थापनको बारेमा जानकारी दिनुभयो । उहाँले संस्थाको वित्तीय विवरण चुस्त र पारदर्शी रुपमा राखिएको बताउनुभयो ।

बैठकमा सदस्य मित्र शर्माले विद्यालयमा स्थायी आइटी शिक्षकको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले समयअनुकुल संस्थाको नेतृत्व परिवर्तन गर्दै अघि बढ्न सुझाव दिनुभयो ।

अर्का सदस्य डा. ज्ञानेन्द्र पौडेलले संस्थागत स्थायित्वको लागि संस्थामा नयाँ इर्नजेटिक नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक गुणस्तर कसरी बढाउन सकिन्छ भनेर व्यापक छलफल आवश्यक रहेको बताउनु भयो ।

सदस्य दुमनाथ शर्माले संस्थाको संरक्षित कोषको व्यवस्थापनको लागि आवश्यक नियमावली बारे आफ्ना भनाई राख्नुभयो । उहाँले विद्यालय व्यवस्थापनमा सुधारका काम भैरहेको बताउनुभयो ।

संस्थाका सचिव कृष्ण पौडेलले पञ्चवर्षीय कार्ययोजना अनुरुप संस्था अघि बढेको बताउनुभयो । उहाँले विद्यार्थीहरुका प्रतिभाको कदर गर्न विद्यालयको ध्यानार्कषण गराउनुभयो ।

बैठकमा संचार संयोजक चिरन शर्माले संस्थाभित्र प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले पूर्वविद्यार्थी, अविभावक, र विद्यालय मिलेर एक पुर्नमिलन कार्यक्रमको आयोजना गर्न सुझाव दिनुभयो ।

बैठकमा विद्यालयका प्रधानध्यापक बुद्धि रिजालले विद्यालयमा ६ देखि १२ कक्षा सम्म कम्प्युटर कक्षा नियमित रुपमा संचालन भैरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयका कक्षाहरुलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयमा गुणस्तरीय शिक्षाको लागि पूर्वविद्यार्थी, अविभाकहरुको सहयोगले मात्र विद्यालयले गुणस्तरीय शिक्षा दिनसक्ने विचार व्यक्त गर्नुभयो ।

बैठकले अधिवेशन तयारी समितिको संयोजकमा राजन पौडेल, मिडिया संयोजकमा चिरन शर्मा, सदस्यता वितरणमा कृष्ण पौडेललाई संयोजक तोकेको छ । यस्तै, बैठकले एसोसियसनको सदस्यता वितरण खुल्ला गर्ने निर्णय गरेको छ ।

संस्थाले स्कुलमा गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न गतिविधि गर्दै आएको छ ।

विद्यालयका पूर्व विद्यार्थी समेत रहेका व्यवसायी चन्द्र ढकाल र हेमराज ढकालको पहलमा विद्यालयमा ६ करोड बढीको लगायतमा विद्यालय भवन निमार्ण सम्पन्न भएको थियो ।