१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति बेलायत भेला : एकताको लागि आब्हान

नेपालब्रिटेन डट कम्
१५ माघ २०७९, आईतवार २२:१०

लण्डन् । नेपाली जनसम्पर्क समिति बेलायतको भेलाले असन्तुष्ट पक्षलाई पार्टी एकताको लागि आब्हान गरेको छ ।

समितिका सभापति युवराज गुरुङको अध्यक्षमा शनिवार फेल्थामस्थित नमस्ते गोर्खामा भएको भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसको विधान अनुरुप संस्था अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

भेलाले समितिभित्र चक्रिय प्रणालीको व्यवस्था नभएको ठहर गर्दै नेपाली कांग्रेसको निर्देशन अनुसार अघि बढ्न सभापति गुरुङलाई सुझाव दिएको थियो ।

भेलालाई सम्बोधन गर्दै गुरुङले पार्टीको विधान र निर्देशनलाई पालना गरेर आफु अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाए । भेलामा उपस्थित सदस्यहरुले असन्तुष्ट पक्षले उठाएको चक्रिय प्रणालीको विकल्पमा फ्रेस इलेक्सन मार्फत नयां नेतृत्व चयन गर्न सुझाव दिएको थियो ।

भेलामा समितिका पूर्वसभापति विनोद मुक्तान, कुमारी गुरुङ, सूर्य नेग्वाङ, सल्लाहकारहरु सुनिल गुरुङ, राज कुमार सुनार, तस्वीर लामा लगायतले आआफ्ना भनाईहरु राखेका थिए । भेलामा करिब १ सय जनाको उपस्थित रहेको जनसम्पर्क समिति बेलायतले जनाएको छ । भेलामा कार्यसमितिका पदाधिकारी तथा क्रियाशिल सदस्यहरुले आआफ्नो सुझाव दिए ।