लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक पदाधिकार बैठक बोलाएको छ । संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने विरुद्ध गरेको फैसला पछि एनआरएन नागरिकताको बारेमा उत्पन्न तरंगका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
भोलि (मंगलवार) भरर्चुअल मार्फत हुने बैठकमा अन्तराष्ट्रिय सचिवालयका पदाधिकारीहरुलाई आमन्त्रण गरिएको छ ।
रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि कतिपय गैरआवासीय नेपालीहरुले नेपालमा आफुहरुले पाउने अधिकार खुम्भिइको चिन्ता गरे पछि संघले ती विषयमा छलफल गर्न बैठक डाकेको हो ।
कतिपय पछिल्लो फैसलाले गैरआवासीय नेपालीहरुलाई कुनै फरक नपर्ने दाबी गरेका छन् । गैरआवासीय नेपाली संघको पदाधिकारी बैठकले संघको आधिकारीक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया