लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्यता प्रमाणीकरण समितिको संयोजकमा चिरनजीवी ढकाल चयन भएका छन् ।
एनआरएनए यूकेका अध्यक्ष सुनिल बाबु खडकाका अनुसार ३१ जनवरीमा बसेको कार्यसमितीको बैठकले संघको आगामी कार्यकालको लागि सदस्यता प्रमाणीकरण गर्ने समिति गठन गरेको हो । समितिमा ११ जना सदस्यहरु रहने संघले जनाएको छ । ढकाल संघको संस्थापक सचिव समेत हुन् ।
समितिका सदस्यहरुमा केशब भन्डारी, नारायण गाउँले, प्रतिमा जोशी, प्रकाश गौतम, दूत पुन मगर र बिक्रम भट्टराई रहेका छन् ।
संघको बैठकले सदस्यता प्रमाणीकरण गर्दा कुनै बिबाद आईपरे बिबाद समाधान गर्न एक समिति गठन गरेको छ । समितिमा हरि गुरुङ, दिपक भट्टराई र नबिन पोखरेल रहेका छन् । संघको नयां नेतृत्वको लागि आगामी जुलाई महिनामा निर्वाचन हुदैछ ।
प्रतिक्रिया