लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा महानगरपालिकासँगको समन्वयमा पोखराको मध्यभाग महेन्द्रपुल निमार्ण गर्न लागेको स्मार्ट शौचालयको लागि एनआरएनए जापानले ५ लाख सहयोग गर्ने भएको छ ।
आयोजनाको कुल अनुमानित बजेट करिब १ करोड रुपैयाँ रहेको छ जसमा एनआरएनएले लागतको ६० प्रतिशत योगदान गर्नेछ । गैरआवासीय नेपाली संघका अनुसार आर्थिक सहयोग गर्ने दाताहरुको नाम सो क्षेत्रमा सूचिकृत गरिनेछ ।
पोखरा घुम्न आउने पर्यटकले सार्वजनिक शौचालय नभएको गुनासो गरे पछि गैरआवासीय नेपाली संघले सो परियोजना अघि सारेको हो ।
सार्वजनिक शौचालयका अतिरिक्त विश्राम कक्ष र क्यान्टिनको समेत व्यवस्था गरिने बताएको छ ।
प्रतिक्रिया