१५ बैशाख २०८१, शनिबार
Follow Us

निष्क्रिय सदस्यहरुले स्वैच्छिक रुपमा सदस्यता त्याग्न पत्रकार महासंघको निर्देशन

नेपालब्रिटेन डट कम्
१९ माघ २०७९, बिहीबार १९:४४


बेलायतमा दुई दर्जन पत्रकारको सदस्यता खारेज हुने

लण्डन । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितिले महासंघको सदस्यता लिएर निष्क्रिय भएकाहरुलाई स्वेच्छाले सदस्यता त्याग्न आग्रह गरेको छ ।

महासंघका महासचिव रोशन पुरीले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै महासंघमा आबद्द सबै सदस्यहरुको विवरण संकलन गरी छानबिन पछि मात्रै सदस्यता नबिकरण, स्थान्तरण र नया सदस्यता वितरण गरिने उल्लेख गरिएको छ ।

‘पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रुपमा अबिलम्ब सदस्यता त्याग्न अपिल गर्दछौ’ बिज्ञप्तिमा भनिएको छ । महासंघको पछिल्लो निर्देशनले बेलायतस्थित नेपाल पत्रकार महासंघका सदस्यहरुको सदस्यहरु समेत प्रभावित हुने भएका छन् ।

शाखाका महासचिव नरेन्द्र बस्नेतका अनुसार केन्द्रको निर्देशन अनुरुपनै शाखाले परिपत्र गर्ने तयारी गरेको छ । ‘शाखाका सदस्यता शुद्धीकरणको आवश्यकता थियो. यसैबीच केन्द्रले निष्क्रिय सदस्यहरुले स्वैच्छिक रुपमा सदस्यता त्याग्न आग्रह गरेको छ त्यसलाई हामी कार्यन्वयन गछौं’ बस्नेतले नेपालब्रिटेन डट कमलाई भने ।

उनले नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तथा शुद्धीकरणको प्रकृया आगामी कार्यसमितिको बैठक पछि शुरु हुने जानकारी दिए ।

बेलायत शाखामा रहेको ४२ जना सदस्यहरु मध्य केही मात्र क्रियाशिल छन् । शाखामा भूपुपत्रकारहरुको विगविगि छ ।