८ बैशाख २०८१, शनिबार
Follow Us

यतीको अध्यक्षमा रेग्मी र देवानको उम्मेदवारी, महासचिवमा समेत चुनाव हुने (उम्मेदवारको सूचिसहित)

नेपालब्रिटेन डट कम्
२० माघ २०७९, शुक्रबार २०:३९

लन्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसन यूकेको भावी नेतृत्वका लागि दुई जना मैदानमा उत्रिएका छन् ।

यही आइतबार लन्डनमा हुने यतीको २९ औं अधिवेशनमार्फत् निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गरेका हुन्। १७ सदस्यीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका संयोजक उमेशराज मोक्तानका अनुसार उम्मेदवारी दर्ताका लागि निर्धारित शुक्रबार दिउँसो एकदेखि दिउँसो चार बजेसम्मको समयभित्र अध्यक्ष पदमा बाचस्पति रेग्मी र पिपला देवानको उम्मेदवारी परेको छ। महासचिवमा टंक भट्टराई र सिद्धार्थ बिक्रम भण्डारीको उम्मेदवारी परेको छ ।

अध्यक्षमा उम्मेदवारी दिने देवान संस्थाकी पूर्व अध्यक्ष हुन्। चार वर्षअघि अध्यक्ष निर्वाचित भएकी उनले कार्यकाल पूरा नहुंदै राजीनामा गरेकी थिइन्। त्यस्तै, अर्का उम्मेदवार रेग्मी संस्थाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व महासचिव हुन् ।

यतीको अधिवेशन लन्डनको ह्यारो फुटबल क्लबमा आइतबार देखि बजेसम्म निर्धारित छ।

आजिवन सदस्यमा विवाद

कार्यसमितिले सिफारिस गरेका आजिवन सदस्यहरुलाई निर्वाचन समितिले अधिकार क्षेत्र नाघेर मतदाता सूचिबाट हटाईदिए पछि सदस्यता विवादका बीच निर्वाचनको तयारी गरिएको छ । निर्वाचन समितिले कार्यसमितिका सदस्यहरुको नाम समेत सूचिबाट हटाईदिएको आरोप लागेको छ ।

निर्वाचन समितिले शुक्रबार जारी गरेको मतदाता नामावलीमा जम्मा ६ सय ८७ सदस्य समावेश छन् । जसमध्ये ६ सय २७ साधारण तथा ६० जना आजीवन सदस्य छन्।