१३ बैशाख २०८१, बिहीबार
Follow Us

यती नेपाली एशोसिएसन यूकेको अध्यक्षमा पिपला देवान निर्विरोध

नेपालब्रिटेन डट कम्
२० माघ २०७९, शुक्रबार २१:४४

लन्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसन यूकेको अध्यक्षमा पिपला देवान निर्विरोध भएकी छन् ।

यही आइतबार लन्डनमा हुने यतीको २९ औं अधिवेशनमार्फत् निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्ष पदमा बाचस्पति रेग्मी सहित दुई जनाले उम्मेदवारी दर्ता गरेका थिए। रेग्मी अन्तिम समयमा आफ्नो उम्मेदवारी सहमतिमा फिर्ता लिए पछि उनी निर्विरोध भएकी हुन् । संस्थाको १७ सदस्यीय पुरै कार्यसमिति निर्विरोध भएको छ ।

महासचिवमा टंक भट्टराई र सिद्धार्थ बिक्रम भण्डारीको उम्मेदवारी परेको थियो । भण्डारीले उम्मेदवारी फिर्ता लिए पछि भट्टराई पनि निर्विरोध भए ।

अध्यक्षमा उम्मेदवारी दिने देवान संस्थाकी पूर्व अध्यक्ष हुन्।

यतीको अधिवेशन लन्डनको ह्यारो फुटबल क्लबमा आइतबार हुदैंछ ।