१३ बैशाख २०८१, बिहीबार
Follow Us

पिटरबरो नेपाली समाज यूकेको अध्यक्षमा केशव खतिवडा सर्वसम्मत

नेपालब्रिटेन डट कम्
२३ माघ २०७९, सोमबार २१:०७

पिटरबरो । पिटरबरो नेपाली समाज यूकेको अध्यक्षमा समाजका पूर्व उपाध्यक्ष केशव खतिवडा चुनिएका छन्।

आइतबार सम्पन्न समाजको नवौँ अधिवेशनबाट अध्यक्षमा खतिवडा लगायत पूरै कार्यसमिति र ट्रष्टीहरू निर्विरोध निर्वाचित भएका छन्।

नयाँ समितिमा उपाध्यक्ष विष्णुबहादुर थापा, महासचिव निरन्जन सेढाई, सचिव केशव पौडेल, कोषाध्यक्ष सुधिर श्रेष्ठ, सहकोषाध्यक्ष बलराम मैनाली र कार्ससमितिका सदस्यहरू युवराज ढकाल, दिवाकर सुवेदी, लव लामिछाने, शान्ती पाण्डे, राजु शर्मा, यांकी भुटिया, विश्वराज भण्डारी, मालती पौडेल, सुशिला आचार्य र ज्योति प्रधान निर्विरोध निर्वाचित भएका छन्।

समाजले आफ्नै व्यवस्थापनमा सञ्चालन गरेको वेस्टउड हल पिटरबरोमा सम्पन्न अधिवेशनमा समाजका साधारण सदस्य एवं नेपालबाट भ्रमण आएका आफन्तहरूको उल्लेख्य सहभागिता थियो ।

सोही अवसरमा पिटरबरो नेपाली समाजको ट्रष्टी बोर्डका सदस्यमा किरण कार्की, महेश अधिकारी, केशव भण्डारी, पवन शर्मा र सिएम खरेललाई अधिवेशनले निर्विरोध चयन गरेको छ ।

क्याम्व्रिजशायरको पिटरबरो शहरमा बस्ने नेपालीहरूको समाजिक संस्था पिटरबरो नेपाली समाज सन् २००७ मा स्थापना भइ सन् २०१६ मा च्यारिटीमा दर्ता हुँदै समुदायलक्षित विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

समाजका निवर्तमान समिति अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सञ्चालित अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि पिटरबरो काउन्सिलका काउन्सिलर गुल नवाज, विशेष अतिथि राष्ट्रिय परोपकार महासंघ नेपालका केद्रीय सचिव कृष्ण शर्मा, समाजका पूर्व अध्यक्ष किरण कार्की, पूर्व अध्यक्ष एवं ट्रष्टी शिव भण्डारीले अधिवेशनको सफलताको शुभकामना दिएका थिए। महासचिव कृष्ण लुईटेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भिम खनालले स्वागत मन्तव्य दिएका थिए।

अध्यक्ष हरिहर भट्टराईले आफ्नो कार्यकालमा गरेका कार्यहरुबारे जानकारी गराउँदै सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, ट्रष्टी, सल्लाहकार लगायत सबै सदस्यहरूमा आभार व्यक्त गरे ।

अधिवेशनको बन्दसत्रमा महासचिव कृष्ण लुईटेलले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष दिपक बस्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए। दुवै प्रतिवेदनलाई अधिवेशनले पारित गरेको थियो ।

निर्वाचन समितिका संयोजक गोविन्द बेल्वासेले तोकिएको अवधिमा समाजको विधान अनुसार निर्वाचन समितिको सूचना अनुसार कार्यसमिति र ट्रष्टीमा उम्मेदवारी आएकोले कार्यसमिति र ट्रष्टीमा सबै निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

निर्वाचन समितिमा समाजका सल्लाहकार घनश्याम पौडेल र जमुना श्रेष्ठ सदस्य थिए । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष हरिहर भट्टराई, पूर्व अध्यक्ष महेश अधिकारी,केशव भण्डारी र पवन शर्मा लगायतले बधाई दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष खतिवडाले आफूलाई सबैले भरोसा गरी अध्यक्षको जिम्मा दिएकोमा धन्यवाद दिंदै समाजले गरेका समाजिक कार्यलाई निरन्तरता दिने र समाजको हितमा सबैलाई समेटेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।