४ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपतिमा नेपाली काँग्रेसकै उम्मेदवार जिताउँछौं : नेता कोइराला

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७९, मंगलवार १०:४३

चितवन । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले माघ २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिने बताउनु भएको छ । चितवनको सौरहामा नेपाल प्रेस युनियनको बागमती प्रदेसको प्रथम अधिबेसनको उद्घाटनको क्रममा नेता कोइरालाले नेपाली काँग्रेसले राष्ट्रपतिमा दिएको उमेदवार नै विजयी हुने पनि बताउनुभयो ।

नेता कोइरालाले राष्ट्रपतिको उम्मेदवारलाई बिजयी गराउनको लागि केही दलहरुसँग सहमति गरेर जानु पर्ने हुन्छ किन भने नेपाली काँग्रेसको मात्र मतले नपुग्ने भएकोले सहमति जरुरी रहेको बताउनु भयो । तर उहाँले कुन कुन दलहरुसँग सहमतिको प्रयास भइरहेको छ भन्ने बारे भने खुलाउनु भएन । नेता कोइरालाले सहमति गरेर भए पनि नेपाली काँग्रेसको उमेदवार राष्ट्रपतिमा जित्ने बताउनु भयो ।

नेता कोइरालाले देश अत्यन्तै अप्ठेरो अबस्थाबाट ग्रुज्रिरहेको बताउनुहुँदै सरकार अब कसरी अगाडि जान्छ भन्ने सोचनीय अबस्था भएको उल्लेख गर्नुभयो । उहाँले स्वतन्त्र न्यायपालिका र स्वतन्त्र सञ्चार यी दुई कुरा नभएसम्म लोकतन्त्र फस्टाउन नसक्ने पनि बताउनुभयो ।