१२ बैशाख २०८१, बुधबार
Follow Us

कलाकार पदमप्रसाद पौडेलको निधन

नेपालब्रिटेन संवाददाता
२५ माघ २०७९, बुधबार ०४:२४

काठमाडौं । वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ ।

पौडेलको ९२ वर्षको उमेरमा निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको मंगबार दिउँसो निधन भएको अभिनेता एवं चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का जानकारी दिएका हुन् ।

अध्यक्ष खड्काको अनुसार मंगबार साँझ पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरिरको अन्त्येष्टि गरियाे । पौडेलले ऐना झ्यालको पुतली, नालापानी, रिसानी माफ, उपद्रो जस्ता धेरै चलचित्रहरुमा काम गरेका थिए ।