१२ बैशाख २०८१, बुधबार
Follow Us

मकैको बिहे !

नेपालब्रिटेन संवाददाता
२५ माघ २०७९, बुधबार ११:१४

गोरखा । माघ शुक्ल पुर्णिमा तिथि पारेर गोरखा धार्चे गाउँपालिका ४ लाप्राकका किसानहरुले मकैको विवाह धुमधामका साथ सम्पन्न गरेका छन् । प्रमुख बाली मकैको बिउ जमिनमा गाडेर, कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर मकैको विवाह सम्पन्न गरेका हुन् । बिहे नगरी मकै रोप्नु हुन्न भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता अनुसार लाप्राकीले मकै बिहे गरेका हुन् ।

मकैको बिहे गरेपछि अब बल्ल बारीमा रोप्ने काम सुरु हुने स्थानीय मार्सिङ गुरुङले बताउनुभयो । गाउँले सबै मकैको जन्ती गए, मकैको भोज भतेर खाए, नाचगान गरे ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ ।