लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यूरोप उपसंयोजक चित्र सुवेदीलाई बेलायतमा स्वागत तथा सम्मान गरिएको छ ।
एक साता लामो बेलायत भ्रमणको लागि लण्डन आइपुगेका सुवेदीलाई गैरआवासीय नेपाली संघ यूकेको तर्फबाट अध्यक्ष सुनिल खड्का र संघको केन्द्रीय उपमहासचिव रामशरण सिमखडालेले बुधवार साँझ संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सुवेदी गैरआवासीय नेपाली संघ बेल्जियमको निवर्तमान अध्यक्ष तथा बेल्यिजयमा सफल व्यापारीको रुपमा चर्चित छन् ।
हवेलि रेष्टुरेन्टमा भएको भेटघाटमा एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेल, गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्माको उपस्थिति थियो । भेटघाटको क्रममा गैरआवासीय नेपाली अभियान र संघको भविष्यका बारेमा चर्चा गरिएको थियो । सुवेदीले गैरआवासीय नेपाली संघको यूरोप सम्मेलनको तयारीको बारेमा जानकारी दिए ।
प्रतिक्रिया