१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रविको पासपोर्टबारे तीन निकायबाट कागजात झिकाउने निर्णय

नेपालब्रिटेन संवाददाता
२६ माघ २०७९, बिहीबार ०७:३८

काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौँले सत्ता-बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफू कहाँ पेस भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौँका एक सरकारी वकिलले भने, ‘हामीले आज मात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा उहाँको बारेमा विस्तृत विवरण मगाएका छौँ ।

उहाँ (युवराज पौडेल सफल) ले दिएको जाहेरीको सत्यता के हो, जाहेरीमा उल्लेख भए अनुसारको सत्यता हो कि होइन भन्ने परीक्षण हुन्छ । तीनवटै निकायबाट प्रमाण सङ्कलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाउने योजना छ ।’