७ बैशाख २०८१, शुक्रबार
Follow Us

रेशमलाई भेट्न कारागार पुगे एमाले नेता लेखराज भट्ट

नेपालब्रिटेन संवाददाता
२६ माघ २०७९, बिहीबार ०७:४१

काठमाडौँ । नेकपा एमालेका नेता लेखराज भट्ट रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् । सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको नागरिक उन्मुक्तिलाई फकाउन भट्ट बिहीबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका हुन् ।

नागरिक उन्मुक्तिका एक नेताका अनुसार भट्टले कारागार पुगेर सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । तर चौधरीले भने माग पुरा नभएसम्म समर्थन गर्न नसकिने जवाफ फर्काएको उनको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरीले कुनै पनि हालतमा आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन् । सुदूरपश्चिमका सात सात सांसदको फोटो राख्दै उनले लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने १ योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् ।’