March 23, 2023
8:30 PM | 2:15 AM
?>
डायस्पोरा

एनआरएनएका १८ देशले गरे सदस्यता वितरण शुरु, निर्वाचन जुलाई महिनामा

  09/02/2023 मा प्रकाशित

लण्डन् । आगामी जुलाई महिनामा हुने राष्ट्रिय समितिको निर्वाचनको लागि गैरआवासीय नेपाली संघले विश्वव्यापी रुपमा सदस्यता वितरण शुरु गरेको छ ।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार अहिले सम्म १८ देशले एनडिएमा ( Non-disclosure agreements) सम्झौतामा हस्ताक्षर गरेर सदस्यता वितरण प्रकृया शुरु गरेका छन् ।

गैरआवासीय नेपाली संघका विश्वभर ८४ देशमा राष्ट्रिय शाखाहरु छन् । ती मध्ये ६४ भन्दा बढी शाखाहरुले संघको गत १० औं महाधिवेशनमा भाग लिएका थिए ।

गैरआवासीय नेपाली संघको ११ औं अधिवेशन आगामी अक्टोवर महिनाको दोस्रो साता हुने अपेक्षा गरिएको छ ।

हाल सम्म कोरिया, जाम्बिया, न्युजिल्याण्ड, टर्की, चीन, मलेसिया, बेल्जियम, यूके, जापान, कम्बोडिया, स्विट्जरल्याण्ड, थाइल्याण्ड, म्यानमार, दक्षिण अफ्रिका, लक्जमबर्ग, तान्जानिया लगायतका देशले एमआईएस (मेम्बर इन्फरमेशन सिस्टम) मार्फत सदस्यता वितरणको काम थालेका हुन् ।

गैरआवासीय नेपाली संघको विधान अनुरुप सबै राष्ट्रिय समितिहरुले जुलाई महिनाभित्र नयां महाधिवशेन गरि सक्नु पर्ने प्रावधान रहेको छ ।

संघको गत महाधिवेशनमा विश्वभरबाट करिब १ लाख ६ हजार जनाले सदस्यता लिएका थिए ।

प्रतिक्रिया