७ बैशाख २०८१, शुक्रबार
Follow Us

४ मार्चमा एनआरएनए स्विटजरल्याण्डले नारी दिवस मनाउने

नेपालब्रिटेन डट कम्
२७ माघ २०७९, शुक्रबार २२:३७

लण्डन् । गैरआवासीय नेपाली संघ स्विटजरल्याण्डले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने मनाउने भएको छ ।
गैरआवासीय नेपाली संघ स्विटजरल्याण्डकी अध्यक्ष शुभ इल्मर लामाका अनुसार महिला फोरमको आयोजनामा आगामी मार्च ४ तारिख सो कार्यक्रम हुन लागेको हो ।

बर्नमा हुने कार्यक्रम नेपाली दूतावास स्विट्जरल्याण्डका लागि राजदूत मनि प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि एनआरएनए महिला फोरम
स्विट्जरल्याण्डले आग्रह गरेको छ।

कार्यक्रममा विशेष सांगीतिक कार्यक्रमको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।