७ बैशाख २०८१, शुक्रबार
Follow Us

२१ मे मा नेपालब्रिटेन डट कमले १६ औं वार्षिकोत्सव मनाउने, चर्चित १० जनाको नाम घोषणा हुने

नेपालब्रिटेन डट कम्
२८ माघ २०७९, शनिबार ०५:२८

लण्डन । विगत १६ वर्षदेखि बेलायतबाट निरन्तर निष्पक्ष र स्वतन्त्र रुपमा समाचार र विचार सम्प्रेषण गर्दै आएको नेपालब्रिटेन डट कमले आफ्नो १६ औं वार्षिकोत्सव भव्यरुपले मनाउन तयारी गरेको छ ।

बेलायत तथा नेपालमा सक्रिय संचारकर्मीहरु, व्यवसायी तथा कलाकार, नेपाली दूतावास लण्डन, विश्वभर छरिएका गैरआवासीय नेपाली संघका प्रतिनिधिको कार्यक्रममा विषेश उपस्थिति रहने अनलाइनका प्रधानसम्पाद चिरन शर्माले जानकारी दिए ।

नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिरन्जीबी ढकालले अनलाइनले सफलता पूर्वक १६ बसन्त पार गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले बेलायतमा पहिलो पटक नेपाली भाषामा समाचार प्रकाशन गरेर व्यवसायिक पत्रकारित सुरु गरेको अनलाइनले लगातार समाचार पस्केर विश्वभरका नेपालीहरुको मन जित्न सफल भएको बताए ।

आगामी २१ मेमा हित्रोस्थित स्ट्यानवील कम्युनिटी हलमा आयोजना हुने १६ औं वार्षिकोत्सव समारोहमा सहभागिताका लागि अनलाइनले बेलायतस्थित नेपाली समुदायसँग अनुरोध गरेको छ । वार्षिकोत्सव समारोहमा बेलायतस्थित नेपाल समुदायका चर्चित १० जना समाजका अग्रजलाई ‘मिडिया प्रसनालिटी अफ दी एयर २०२३’ ले सम्मानित गरिनेछ ।

प्रधानसम्पाद शर्माले सम्मानित हुने व्यक्तिहरुको चयन गत वर्षहरुमा जस्तै पूर्णरुपमा पारदर्शि बनाइने बताए । आफूले चाहेको व्यक्तिलाई सो सम्मानको लागि जोसुकैले पनि मनोनयको लागि नाम दिन सक्ने उनले बताए ।

नेपालब्रिटेन डट कमले विगतदेखि बिभिन्न परोपकारी काममार्फत् समाज सेवामा सक्रिय र नेपाललाई विदेशी भूमिमा चिनाउन योगदान गरेकालाई चर्चित व्यक्तित्वको रुपमा सम्मान गर्दै आएको छ ।