१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांगे्रस नेता खुमबहादुर र पूर्वराजा ज्ञानेन्द्रका नजिकका मित्र उत्तर प्रदेशका मुख्यमन्त्री

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७३, शनिबार १४:३८

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा योग आदित्यनाथलाई नयाँ मुख्यमन्त्री बनाइएको छ । भारतीय जनता पार्टीको विधायक दलको बैठकले योगी आदित्यनाथलाई मुख्य मन्त्री बनाउने निर्णय गरेको हो । दिनेश शर्मा र केशवप्रसाद मौर्य उपमुख्यमन्त्री हुनेछन् ।
योगी आदित्यनाथ अहिले गोरखपुरबाट पाँचौं पटक संसद बनेका हुन् । यद्यपि मुख्यमन्त्रीको दाबेदारका रुपमा उनको नाम गत वर्षदेखि नै चर्चामा ल्याइएको हो ।
योगी गोरखपुरमा रहेको गोरखनाथ मन्दिरका मठाधीश हुन् । हिन्दू धर्मका लागि खरो उत्रेका आदित्यनाथ नेपाली कांगे्रसका नेता खुमबहादुर खड्का र पूर्वराजा ज्ञानेन्द्रका नजिकका मित्र हुन् । उनीहरुको साइनो नेपाललाई हिन्दू अधिराज्य बनाउनुपर्छ भनेर जोडिएको हो ।
कांगे्रस नेताका नेता खड्काले नेपालमा हिन्दू धर्मको अभियान सञ्चालन गर्दा योगी आदित्यनाथ नेपाल पटक पटक आएका थिए । पूर्वराजाले आयोजना गर्ने कार्यक्रममा पनि उनी नेपाल आएका थिए । त्यसो त उत्तर प्रदेशमा हुने हिन्दूधर्मसम्बन्धी कार्यक्रममा पूर्वराजालाई पाहुनाका रुपमा आमन्त्रण गरिन्थ्यो ।
युवा जोश भएका नेताका रुपमा मुख्यमन्त्री आदित्यनाथलाई हेरिन्छ । गेरु बस्त्रमा संसार घुम्न यी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि नेपालको राजनीति तथा हिन्दू धर्मप्रति उनको भूमिका के हुन्छ भन्ने कुरालाई धेरैले नजिकबाट नियालेका छन् ।
कुरा दुई दशकअघिको हो, गोरखपुरको मुख्य बजार गोलघरमा गोरखनाथ मन्दिरले सञ्चालन गरेको इन्टर कलेजमा पढ्ने केही छात्रहरु एउटा पसलमा कपडा किन्न गएका थिए । ती विद्यार्थीसँग पसलेको विवाद भयो, विद्यार्थीहरु पसलेमाथि जाइलागे, त्यसबेला पसलेले पेस्तोल देखाएर विद्यार्थी लखेटेका थिए ।
त्यसको दुई दिनपछि पसलेविरुद्ध योगीको नेतृत्वमा विद्यार्थीले गोरखपुरमा प्रदर्शन गरे । प्रदर्शन यति सशक्त भयो कि प्रहरी प्रमुखको निवासको पर्खाल चढेर विद्यार्थीले आक्रमण गरे ।
यि योगी आदित्यनाथ तिनै हुन्, जसले त्यो आन्दोलन भएको केही समय अगाडि मात्र १५ फेब्रअरी १९९४ मा नाथ सम्प्रदायको सबैभन्दा प्रमुख मठ गोरखनाथ मन्दिरका उत्तराधिकारीका रुपमा आफ्ना गुरु महन्थ अवैद्यनाथसँग दीक्षा लिएका थिए । गोरखपुरको राजनीतिमा एक ‘एन्ग्री योङ म्यान’ का रुपमा प्रवेश गरेका थिए ।