१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा ‘एक्लैएक्लै जीवनसंग लड्न कहाँ सक्थें’ (म्यूजिक भिडियो सार्वजनिक)

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७९, मंगलवार २०:२०

लण्डन । बेलायतमा एक्लै एक्लै जीवन संग लड्न कहाँ सक्थें सार्वजनिक गरिएको छ।डा.योगेन्द्र गैह्रेले परदेशको सघंर्ष र जीवनकथा बोल्ने गीति एल्बम एक्लै एक्लै जीवन सँगको पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

उक्त गीतको म्यूजिक भिडियो लन्डनमा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । प्रमुख अतिथि ग्रीनवीच बरोका काउन्सिलर जीत राना भाटले म्यूजिक भिडियो बिमोचन गरेका हुन् । म्यूजिक भिडियोको विमोचन गर्दै काउन्सिलर राना भाटले एउटा पारिवारिक कथा र परिवेश समेटेर म्यूजिक भिडियो निर्माण गरेको भन्दै खुसी व्यक्त गरे ।

नेपालको पुखौली घर स्याङ्जाका डा.गैह्रेले आफुले भोगेको जीवनलाई ह्रदय छुने म्यूजिक भिडियोमा उतारेको भन्दै समग्र गीतको विषयमा बताएका थिए ।बेलायतको साउथ ह्यान्टममा स- परिवार सहित बस्दै आएका गैह्रेले गीतमा आफैले स्वर दिएका छन् ।

त्यस्तै सवांद पनि डा.गैह्रेकै रहेको छ भने गीतलाई करुण थापाले सिर्जना गरेका हुन् । उक्त गीतमा न्ह्यू बज्राचार्यको सगींत रहेको छ भने,प्रडक्सन थ्रीका राजदीप राईले सम्पादन र छायाकंन तथा भिडियोलाई प्राविधक सहयोग फोटो/ भिडियो पत्रकार एज्रा श्रेष्ठले गरेका छन् ।।त्यस्तै मोडेल सुरेश श्रेष्ठले भिडियोलाई संयोजन गरेका छन् ।

गीतको निर्माताको रुपमा डा. गैह्रेकै श्री मति ज्योति श्रेष्ठ गैह्रे रहेकी छन् भने कथा समन्वय र निर्देशन स्वंम डा. योगेन्द्र गैह्रेको नै रहेको छ ।कला र संगितमा पारिवारिक पृष्ठभुमि भएरपनि होला पारिवारिक कथावस्तु र डा.गैह्रेकै आफ्ना २ छोराको अभिनय रहेको म्यूजिक भिडियोले प्रवासमा रहेर नेपालीहरुले पनि परिवारसगं कसरी जीवन व्यतित गर्छन् भन्ने वास्तविकता बोलेको छ ।

म्यूजिक भिडियोले रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारित गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ।