१९ बैशाख २०८१, बुधबार
Follow Us

आमालाई बचाउन खोज्दा यसरी जले सांसद चन्द्र भण्डारीका अनुहार, हात र खुट्टा !

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७९, बिहीबार ०३:०५

काठमाडौंको बुद्धनगरस्थित सांसद चन्द्र भण्डारीको घरमा एक्कासी आगो लागेपछि अहिले भण्डारीसहित उनकी ८६ वर्षीया आमा किर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् ।

बुधबार राति ९ स् ३० बजेको समयमा भण्डारीलाई कांग्रेस नेता एनपी साउदले घरमा ल्याएर छोडिदिए । प्रहरीका अनुसार त्यतिन्जेलसम्म घरको अवस्था ठिकै थियो । १० बजेपछिको समयमा आमा भान्छामा गइन् ग्याँस खोलिन् । पहिलानै ग्याँस लिग भएर कोठामा भरिएको रहेछ ।

आगोको झिल्को भेटेपछि नियमित तरिकाले बल्नुपर्ने ग्याँस एक्कासी अनियन्त्रत भएर बल्यो र भण्डारीकी वृद्ध आमामाथि बल्न थाल्यो । सँगै घरमा झ्यालका सिसा फुट्न थाले । आमाको यस्तो अवस्था देखेपछि भण्डारी आमाको उद्धारमा लागे ।उनलाई पनि आगोले पोल्न थाल्यो । माथिल्लो तलामा बस्ने सांसद भण्डारीका भाइबुहारी र छिमेकीले आमालाई उद्धार गरेर अस्पताल पुर्‍याए ।

पछि प्रहरीको सहयोगमा भण्डारीलाई पनि अस्पताल पुर्‍याइयो । चिकित्सकका अनुसार भण्डारीका आमाको ७० प्रतिशत भाग जलेको छ। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्। बर्न अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भण्डारी आमाछोरालाई भारत लैजाने तयारी भइरहेको छ ।