७ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्यटन प्रबर्धनमा एनआरएनएको सकृयता, कार्यशाला गोष्ठी हुदै

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७९, शुक्रबार ०२:१३

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पर्यटन प्रबर्धन विषयमा कार्यशाला गोष्ठीमा आयोजना गर्ने भएको छ ।
संघका प्रवक्ता सोम सापकोटाका अनुसार गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड र युरोप नेपाल चेम्बर अफ कमर्श फर टुरिजको सामुहिक आयोजनामा नेपालको पर्यटन प्रबर्धन विषयमा एक कार्यक्रमको आयोजना हुन लागेको हो ।

कार्यक्रममा पर्यटन, संस्कृति, तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सचिव सुरेश अधिकारीज्यु, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी पर्यटन क्षेत्रका विज्ञहरुका साथै नेपालका पूर्व राजदुतहरुको उपस्थिति रहने बताइएको छ ।

काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा २० फेब्रोअरीमा आयोजना हुने सो कार्यशाला गोष्ठीमा सहभागीताका लागि गैरआवासीय नेपाली संघले आग्रह गरेको छ ।