११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए सहकोषाध्यक्ष अमृता थापा बेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७९, शनिबार १९:०६

लण्डन । गैरआवासीय नेपाली संघकी सहकोषाध्यक्ष अमृता थापा बेलायतमा सम्मानित भएकी छन् । थापालाई प्रबासी नेपाली मञ्च युकेले वार्षिक कार्यक्रम सार्वजनिक गर्न आयोजिक एक कार्यक्रमकाबीच सम्मान गरेको हो । मंचले प्रबास कमिटीलाई थप सकृय बनाउने गरी वार्षिक कार्यक्रम नै सार्वजनिक गर्न लागेको हो । प्रवासी नेपाली मन्च युके अध्यक्ष तुङ भद्र भुसालको अध्यक्षतामा साउथ इस्ट लण्डनमा बसेको छैठौ पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रवासी नेपाली मंच युकेका क्षेत्रिय कमिटीहरु र बिभागीय प्रमुखहरुले बैठकमा आ आफ्नो कार्यक्रम पेश गरेको प्रचार प्रसार विभाग श्याम लुईटेलले बताए ।

यसैबिच, प्रवासी नेपाली मंच युकेले बेलायतबाट अन्तरराष्ट्रिय कमिटिमा प्रतिनिधित्व गर्ने नेताहरुलाई सम्मान गरेको छ । प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीमा प्रतिनिधित्व गर्न पुर्व बेलायत इन्चार्ज विनोद ज्ञवाली, पुर्व अध्यक्ष एबम अन्तर्राष्ट्रिय कमिटी सदस्य सुरेन्द्र थपलिया , सदस्य कल्पना त्रिपाठी , सदस्य सरस्वती केसी, पुर्व अध्यक्ष एवंम एनआरएन आईसिसिका उपमहासचिव रामशरण सिम्खडा , पुर्ब अध्यक्ष तथा आइसीसी सदस्य दिनेश घिमिरेलगायतलाई सम्मान गरिएको थियो ।

बैठकमा प्रवासी नेपाली मंचका नेतृ तथा एनआरएन आईसीसीका सहकोषाध्यक्ष अमृता थापा ९कन्चन०लाईलाई युकेमा स्वागत तथा सम्मान गरिएको थियो । बैठक मञ्चका सचिब पुन्य रेग्मीले संचालन गरेका थिए ।