१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नागरिकता निरन्तरता बहसः पूर्व परराष्ट्रमन्त्री ज्ञवालीसंग एनआरएनए अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७९, शनिबार २०:११

लण्डन् । गैरआवासीय नेपाली नागरिकताको निरन्तरताको विषयमा गैरआवासीय नेपाली संघ अमेरिका र क्यानाडाले संयुक्त रुपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग अन्तरक्रिया गर्ने भएको छ ।

गैरआवासीय नेपालीहरुको सम्पत्ति अधिकार र नेपाली नागरिकता निरन्तरता विषयको बहस कार्यक्रमको दोस्रो श्रृंखला यहि फेब्रोअरी १९ तारेख आइतबार नेपाल समय अनुसार साँझ ९ बजे भर्चुअल माध्यामबाट हुने भएको एनआरएनए क्यानाडाका अध्यक्ष दीपक गौतमले जानकारी दिए । कार्यक्रममा अमेरीका क्यानडामा आइतबार विहान १०ः१५, युरोपमा ३ः१५, अरवमा बेलुकि ७ः१५ जापानमा रातीको १२ः१५ र अष्ट्रेलियामा रातिको २ः१५ हुनेछ ।

गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय समितिसंगको समन्वयमा गैर आवासीय नेपाली संघ अमेरीका र गैरआवासीय नेपाली संघ क्यानडाले संयुक्त रुपमा शुरु गरेको कार्यक्रमको दोस्रो श्रृंखलामा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव एवं पुर्व परराष्ट्रमन्त्रि प्रदिप ज्ञवाली प्रमुख वक्ता र बरिष्ठ अधिवक्ता, प्राध्यापक, डा गान्धी पन्डित बक्ताको रुपमा सहभागी हुनुहुने छन् ।

गैरआवासीय नेपाली नागरिकता, नेपाली नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकारका विषयमा नेपालको बर्तमान सरकारमा सहभागी प्रमुख दल नेकपा एमालेको आधिकारीक धारणा समस्त गैरआवासीय नेपालीहरुका लागी उपयोगी, रोचक एवं महत्वपुर्ण हुनेछ ।

नेकपा एमालेभित्रको वैचारिक व्याक्तित्व एवं गैरआवासीय नेपालीहरुका मुद्धालाई नजिकबाट हेरिरहनुभएका पुर्वपरराष्ट्रमन्त्रीसंगको अन्तरक्रियाबाट नेपालको ठुलो राजनैतिक दलले गैरआवासीय नेपालीहरुको समस्या बुझ्ने र नेपालको राजनैतिक दलको धारणबारे गैरआवासीय नेपालीहरुले बुझ्ने उपयुक्त अवसर मिल्ने कार्यक्रम आयोजक मध्यका गैरआवासीय नेपालीसंघ अमेरिकाका अध्यक्ष बुद्धीसागर सुबेदीले बताउनुभयो । उहाँले अन्यदेशका एनसीसीसंग समेत समन्वय गरेर पछिका कार्यक्रमहरु तय गरिने जानकारी पनि दिनुभयो ।

त्यस्तै अमेरीकामै अध्ययन गरि फर्किनुभएका बरिष्ठ अधिवक्ता एवं बौद्धिक व्याक्तित्व प्रा डा गान्धी पन्डित ज्यु नेपालको कानुन, अन्तराष्ट्रिय कानुन एवं, गैरआवासीय नेपालीहरुका मुद्धाका विषयमा जानकार कानुनव्यावसायी हुनुहुन्छ । गैरआवासीय नेपाली संम्वद्ध विभिन्न विषयमा खुलेर छलफल गर्न र आफ्ना जिज्ञासा सहित अमेरीका, क्यानडा तथा विभिन्न देशमा रहनुभएका गैरआवासीय नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन आयोजक मध्येका गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दिपक गौतमले सवैमा अनुरोध गर्नुभएको छ ।

यो कार्यक्रमलाई अझै प्रभावकारी ढंगले निरन्तरता भन्दै गौतमले कार्यक्रमको गैरआवासीय नेपाली संघ अमेरीका र क्यानडाको फेसबुक पेज, युट्युब च्यानल, क्यानडाबाट संचालन हुने माउन्ट एभरेष्ट टेलिभिजन, ग्लोबल टल्क शो, ग्लोबल नेपलिज न्युज नेटवर्क, अमेरिका, नेपाल तथा युरोपबाट संचालन भइरहेका २० भन्दा बढी मिडियाबाट कार्यक्रमको लाइभ हुनेछ ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता, नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकारका बिषयमा सुसुचित गर्दै नेपालको राजनैतिक तथा प्राज्ञिक क्षेत्रलाई यसको आवस्यकताको महसुस गराउने उद्येस्यले यहि फेब्रुअरी १२ देखि यो कार्यक्रम शुरु गरिएको हो ।

पहिलो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रि गगन थापा एवं नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको उपस्थिति रहेको थियो भने गैरआवासीय नेपाली संघका अध्यक्षहरु रविना थापा, डा बद्री केसी, कुल आचार्य, उपाध्यक्ष हेमराज शर्मा, महेश श्रेष्ठ महासचिव केशव पौडेल, सचिवहरु चिरन्जीवि घिमिरे, राजन त्रिपाठी, क्षेत्रिय संयोजक रामसी पोखरेल, मिडिया संयोजक चिरन शर्मा, संचारकर्मी रामजी बगाले लगायत २ सय भन्दा बढी गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो । समयसान्दर्भिक एवं उपयोगी कार्यक्रम भन्दै सहभागीहरुले कार्यक्रमको प्रसंसा गरेका थिए ।