७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा मगर दिवस भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७९, सोमबार २३:५६

लन्डन । मगर संघ युकेले ४१ सौं मगर स्थापना दिवस तथा मगर संघ युके स्थापना भएको उपलक्षमा २० सौं बर्षगाँठ बेलायतको मेड्स्टोन शहरस्थित मेड्स्टोन प्रदर्शनी हलमा भब्यताको साथ मनाएको छ।

मगर दिवसको पहिको चरणमा प्रमुख अतिथि, बिशेष अतिथिहरु, अतिथिहरुलाई स्वागत गरेपछि मगर संघ युकेका सचिब गोमान सिङ पुनले आपतकालीन परिस्थिति आइपरेमा के गर्ने ? भन्ने बारेमा अबगत गराएपछि औपचारिक कार्यक्रमको थालनी भएको थियो। औपचारिक कार्यक्रममा नेपाल मगर संघका संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर पुनको तस्बिरमा मगर संघ युकेका अध्यक्ष सिता पुन र प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्यले माल्यार्पण गर्दै दियो प्रज्वलन गरेका थिए। माल्यार्पण र दियो प्रज्वलन गरेपछि एक मिनेट मौनधारण, नेपाली राष्ट्रिय गीत, बेलायतको राष्ट्रिय गित, मगर गित प्रस्तुत गर्दै स्टेजमा अध्यक्ष पुन र राजदुत आचार्यले रिबन काटेर मगर दिवसको उत्घाटन गरेका थिए।

उक्त मगर दिवसमा संस्थाका बरिष्ठ उपाध्यक्ष लाल पुनले मगर संघ युकेले स्थापनाकालदेखि हालसम्मको गरेको गतिविधिहरुको बारेमा तयार पारिएको गतिबिधिपत्र पावर पोइन्टद्वारा प्रस्तुति गरेका थिए भने सचिब गोमान सिङ पुनले मगर दिवसको बारेमा तयार पारिएको दस्तावेज पावर पोइन्टद्वारा प्रस्तुति गरेका थिए।

मगर दिवसमा मगर संघ युकेका शाखा संगठनहरु लन्डन, मिडल्याण्ड, वेल्स, स्वीन्डन, रेडिङ, वेम्ब्ली, युनाइटेड युएचएसबी, प्लम्स्टेड, केन्ट, वेस्ट लन्डनलगायत आबद्ध संस्थाहरु पुन मगर समाज युके, खामभाषी मगर समाज युके, मगर महिला संघ युके, मगर बुद्धिष्ट सोसाइटी युकेले आ(आफ्नो शाखा तथा संस्थाका अध्यक्ष तथा प्रतिनिधिले आ(आफ्नो शाखा तथा संस्थाको परिचय दिदै झाँकी, गित र नृत्य प्रस्तुत गरेका थिए। झाँकी, गित र नृत्य कार्यक्रमलाई बी एफ बी एस गोर्खा रेडियोका लोकप्रिय प्रस्तोता रुपा राना र सरुपा थापाले प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा मगर संघ युकेका सांस्कृतिक सचिब सरु राना ९टेन्याङ० र मगर युथ ९माइफुरुङ० ले मगर ड्रेस, मगर भाषा संबन्धि फेसन सो प्रस्तुत गरेका थिए। फेसन सो प्रस्तुतगरेपछि बिभिन्न क्षेत्रमा उपलब्धि प्राप्त गरेका बेलायतवासी मगरहरुलाई मगर संघ युकेले सम्मान गरेको थियो।

उक्त मगर दिवसमा मगर संघ युकेद्वारा प्रकाशित २० सौं बर्षगाँठको पुस्तक अनावरण गरिएको थियो। सो पुस्तकका प्रधान सम्पादक तथा मगर संघ युकेका पुर्ब उपाध्यक्ष बम थापा शुर्यवंशी, प्रमुख संयोजक तथा संस्थाका महिला उपाध्यक्ष निर्मला थापालगायत सम्पादक मण्डललाई सम्मान गरिएको थियो। मन्चमा उपस्थित तथा मगर दिवसमा उपस्थित सम्पूर्णले २० सौं बर्ष गाँठको उपलक्षमा केक काटेर एकापसमा शुभकामना आदानप्रदान गरेका थिए।

सो कार्यक्रमा अध्यक्ष सिता पुनले मगर संघ युकेका संथापक अध्यक्ष थर्क राना, पुर्बअध्यक्षहरु मेजर कुल थापा, दुत पुन र नेम थापालाई धरो तथा साफा गुथाएर सम्मान गरेका छन भने र श्रीमती शोभा राना र श्रीमती जमुना पुनलाई सल ओढाएर सम्मान गरेका थिए। उक्त कार्यक्रममा आमन्त्रित अन्तराष्ट्रिय मगर संघका महासचिब बिरमान घर्तिमगर, युरोप संयोजक नेत्र मगर, बिश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानालगायत सम्पूर्ण बेल्जियमबाट पाल्नु भएको पाहुनाहरुलाई मगर संघ युकेको २० सौं गर्षगाँठमा उपलक्षमा सम्मान गरिएको थियो। सो अबसरमा मगर संघ युकेका अध्यक्ष सिता पुन र बिश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानाले मायाको चिनो आदान प्रदान गरेका थिए।

मगर दिवसमा लोकप्रिय कलाकारहरु कल्पना श्रीपाल, मनसुदन थापा, शेखर घर्तिलगायत अन्य स्थानीय कलाकारहरुले भरपुर मनोरंजन दिएका थिए।

मगर संघ युकेका अध्यक्ष सीता पुनले अध्यक्षता गरेको मगर दिवसका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्य थिए। मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए भने संथाका महासचिब गुमान सिङ थापाले संचालन गरेका थिए। मगर दिवसमा बिशेष अतिथिहरुमा श्रीमती महामहिम ज्ञान चन्द्र आचार्य दुतावासका उपनियोग प्रमुख रोशन खनाल, नेपाल आदिवासी जनजाति महासंघका महासचिब बिमला सेने, अन्तराष्ट्रिय मगर संघका महासचिब बिरमान घर्तिमगर, युरोप संयोजक नेत्र मगर, बिश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना र पाहुनाहरुमा बेलायतमा स्थापित बिभिन्न जातीय संघ संस्थालगायत हजारौ मगरलगायत नेपालीहरुको उपस्थिति रहेको थियो।


– जमुना पुन