१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७९, मंगलवार ०५:०२

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार चलचित्र निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

अगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने उक्त चलचित्रमा पन्त विद्रोही पात्रको रूपमा देखिएकी छन् । चलचित्रको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ ।

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय रहेको छ । श्रीधर पौडेलको निर्माता रहेको यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने छ ।