७ बैशाख २०८१, शुक्रबार
Follow Us

अफ्रीका क्षेत्रमा एनआरएनएको स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७९, बुधबार ०९:४४

गैरआवासीय नेपालीसंघको महिला विभागअन्तर्गतको महिला स्वास्थ्यतथा शिक्षा कार्यदलले नेपालीहरुमा बढ्दै गएको स्वास्थ्य समस्या, आत्महत्या र अन्य विविध कारणले हुने बढ्दो क्रममा रहेको मृत्युदर लगायतको विषयमा “Health for Nepalese by NRNs” परियोजना मार्फत आफ्ना कार्यहरु अगाडी बढाइहेको छ । यसै सन्दर्भमा यस समितिले आफ्ना गतिविधिहरु क्षेत्रीय गत रुपमा जानकारी गराउने उद्देश्यले अफ्रिका क्षेत्रीय स्वास्थ्य सचेतना र सल्लाह कार्यक्रम जुम मार्फत सम्पन्न गरेको छ । यस कार्यक्रमा स्वास्थ्य विज्ञहरुलेपछिल्लो समय स्वास्थ्य समस्यार त्यसका कारण आत्महत्याजस्ता गम्भीर घटनाहरुबढीरहेकोमा चिन्ता व्यक्तगर्दै ती समस्या सम्बोधनकालागि गम्भीर भएरअघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमा स्वास्थ्य विज्ञहरु डा प्रेरणा दाहाल, डा तिलकराम खरेल, डा तरुण प्रधान, प्रो मुकुन्द बहादुर खत्री क्षेत्री लगायतका स्वास्थ्य विज्ञहरुले नेपाल, अफ्रिका साथै विश्वका विभिन्न क्षेत्रमा देखा परेका स्वास्थ्य समस्याका साथै मानसिकस्वास्थ्यका बारेमा अध्ययनपत्रप्रस्तुत गर्दै नेपालसहितविदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्यसमस्याको जोखिमको क्रम बढ्दो रुपमारहेको बताएका छन् । उहाँहरुले नेपालमा मात्रैनभई डायस्पोरामा रहेकानेपालीमा पनि मानसिक स्वास्थ्यसमस्या विकराल बन्दैगएको भन्दै उक्तस्वास्थ्य जोखिम न्यूनीकरणकालागि काम गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्ने विज्ञहरुलेस्वास्थ्य समस्याका विषयमाखुलेर कुरा गर्न नचाहेको कारणले स्वास्थ्य परामर्शनै पाउँदैनन्। उहाँहरुका अनुसार ८० प्रतिशत आत्महत्यामानसिक स्वास्थ्यका कारणहुने गरेको पाइएकोबताएका छन् । मानसिक स्वास्थ्यसमस्या हुने र समस्याग्रस्तमध्ये धेरैजसो मानसिक स्वास्थ्यसेवाको पहुँच बाहिरहुने गरेको विज्ञहरुले जानकारी गराउनु भयो । मनोपरामर्श, खानपान र शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमाध्यान दिन प्रोत्साहन गर्नसके समस्या केहीहदसम्म समाधान हुनेउहाँहरुको भनाईथियो ।

विज्ञहरुले महिलाहरुको स्वास्थ्य समस्याका बारेमा प्रस्तुती गर्दै अनुसार पछिल्लो समयमहिलाको पाठेघरभित्र रपाठेघरको मुखको क्यान्सर, अण्डाशयको क्यान्सर बढ्दोक्रममा रहेको बताउनुभयो। यस बारेमा जनचेतनाको अभावले गर्दाकयौं महिलाकोज्यान जाने गरेको कारण त्यस सम्बन्धमा व्यापकजनचेतनाका फैल्याउनुका साथै सरकार रसरोकारवालासँगको समन्वयमा रयोजनाबनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो । साथै अफ्रिका क्षेत्रका साथै अन्य क्षेत्रमा समस्या रुपमा रहेको क्षय रोगबारे जानकारी दिदै यसको न्युनीकरणमा पहल भएका गतिविधिहरु बारे प्रकाश पारिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसीले कोभिडको समयमा दिन रात खटेर सहयोग गर्नु हुने सम्पुर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरु प्रति धन्यवाद प्रकट गर्नु भयो । साथै उहाँले वैदेशिक रोजगारीमा मध्यपूर्व लगायत अन्य क्षेत्रमा रहेका नेपाली श्रमिकहरुमा देखा परेको स्वास्थ्य समस्या बारे प्रकाश पार्दै यसको समाधानका लागि सबै जाना लाग्नु पर्ने बताउनु भयो ।

अध्यक्ष कुल आचार्यले स्वास्थ्य प्रति सजग हुन सबैलाई आग्रह गर्दै स्वस्थ रहन स्वस्थयकर खानपानका साथै शारिरिक ब्यायामा जोड दिनु भयो ।

महिला उपाध्यक्ष यास्मीन बेगमले आज विज्ञहरुले गर्नु भएको प्रस्तुती निकै उपयोगी रहेको र यसले हाल देखा परेको स्वास्थ्य समस्या न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्तै गर्दै कार्यक्रममा सहभागीहरु सबै प्रति आभार प्रकट गर्नु भयो।

संघकी महिला सचिव तथा कार्यदलका अध्यक्ष एवंकार्यक्रम संयोजक डाएलिनी पोखरेल सुवेदीले कार्यक्रममा सभापतित्व गर्दै विश्वभर फैलिएकागैरआवासीय नेपालीहरुलाई नैस्वास्थ्यबारे जानकारी दिनेउद्देश्यले यो कार्यक्रमको थालनीगरिएको र भर्चुअल माध्यमबाटआज दोश्रो चरणकोकार्यक्रम अफ्रिका क्षेत्रमा गरिएको बताउँदै यस कार्यक्रममा सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । । यस कार्यक्रमके प्रत्यक्ष प्रसारण समेत गरीएको थियो जुन यस लिंक बाट हेर्न सकिन्छ। https://fb.watch/iZHstIahD0/ । यस कार्यक्रम तथा यस अघि एसिया प्रशान्त क्षेत्रको कार्यक्रममा प्रस्तुति गर्ने व्यक्तित्वहरू तथा बिशेषज्ञ चिकित्सक हरूलाइ प्रशंसा पत्र समेत प्रदान गरीएके थियो ।

कार्यक्रमका सदस्य सचिव डा सरिता पाण्डे भट्टराइले स्वागत मन्तब्य राख्दै स्वास्थ्य सचेतना कार्यक्रमका बारेमा प्रकाश पारनु भएको थियो भने अफ्रिका क्षेत्रका पूर्व क्षेत्रिय महिला संयोजक मन थापाले कार्यक्रमको संचालन गर्नु भएको थियो भने साहित्यकार गणेश खड्काले कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघका कोषाध्यक्ष फणिन्द्र पन्त, डा. बोध राज सुबेदी, सागर सुबेदी, दिल गुरूंग, प्रो. बिशाल सिटैला, डा. शम्भु अचार्य, डा. सुनिल शाह, अफ्रिका क्षेत्रमा रहेका एनसिसिका प्रतिनिधिहरु, स्वाथ्य समितिका सभापति डा संजिव सापकोटा, गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापा लगायत विभिन्न गैरआवासीय नेपाली अभियन्ता तथा अन्य व्यक्तीहरुको सहभागीता रहेको थियो।