१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘श्रमजीवी-पत्रकार संघ’ अन्तरराष्ट्रिय सेवा पुरस्कारद्वारा सम्मानित हुँदै

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७९, बिहीबार २०:२०

काठमाडौँ । अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियशनले श्रमजीवी पत्रकार संघ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको छ।

श्रमजीवीका पक्षमा काम गरेर क्रियाशील भएको ठहरसहित उक्त संस्थाले ‘अन्तरराष्ट्रिय सेवा पुरस्कार–२०२३’ द्वारा सम्मान गर्ने निर्णय गरेको अध्यक्ष माधव मरासिनीले जनाएका छन्।

श्रमजीवी पत्रकार संघ नेपाललाई नेपालमा श्रमजीवीका पक्षमा दृढतापूर्वक श्रमको उचित सम्मानका लागि न्याय दिलाउन ऐतिहासिक भूमिका खेलेकाले उत्कृष्ट संस्था र नेतृत्वको रूपमा सम्मान गर्न लागिएको हो।

संस्थाले २० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान गर्ने भएको हो।

श्रमजीवी–पत्रकार संघले स्थापनाको २ वर्षमै करिब २६ वटा सञ्चारगृहका पीडित श्रमजीवी पत्रकारको न्यायका लागि संघर्ष गर्दै आएको र श्रमजीवीमैत्री कानुन निर्माणका लागि राज्यलाई दबाब दिँदै आएको छ।

संस्थाले श्रमजीवी सञ्चारकर्मीलाई आत्मनिर्भर बनाउन मिडिया नै आत्मनिर्भर हुनुपर्नेलगायतका माग उठाउँदै आएको छ।

श्रमजीवी पत्रकार संघसहित अन्य सञ्चार सम्बद्ध १० वटा संस्थालाई पनि सम्मान गर्ने जनाइएको छ। उक्त सम्मान आगामी वैशाख ७ गते प्रदान गरिने आयोजकले बताएका छन्।

आदिवासी जनजाति पत्रकार महासंघ, शिक्षा पत्रकार समूह, राष्ट्रिय दलित पत्रकार संघ, क्रियाशील महिला पत्रकार, अपाङ्ग पत्रकार मञ्च, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च, राष्ट्रिय यातायात पत्रकार मञ्चलगायत छन्।