१२ बैशाख २०८१, बुधबार
Follow Us

एननआरएन अफ्रिका छात्रवृत्ति कोषद्वारा कैलालीमा छात्रवृत्ति प्रदान

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७९, शनिबार ०६:१५

नाइजेरिया । नेपालका दुर्गम ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विपन्न तर मेधावी छात्रछात्राहरुलाई उनीहरुको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले अफ्रिकाका गैरआवासीय नेपालीहरुको पहलमा स्थापित ‘एनआरएन अफ्रिका छात्रवृत्ति कोष’ ले कैलाली जिल्लामा अध्ययनरत चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

कोषका संयोजक हिक्मत थापाले यसै हप्ता कैलालीको जानकी गाउँपालिकास्थित अरुणोदय माध्यामिक विद्यालय, खैरिफाँटामा कक्षा १० मा अध्ययनरत गरिमा मगर र कविता विश्वकर्मा तथा कक्षा ११ मा अध्ययनरत बिनु चौधरी र निशा बिश्वकर्मालाई स्कुलको सिफारिसमा आगामी एक बर्षका लागि छात्रवृत्ति प्रदान गरिएको जानकारी गराएका छन् ।

यस अघि कोषले गत बर्ष सन् २०२२ मा रुकुमका ललित बिकलाई उक्त छात्रवृत्ति प्रदान गरेको थियो । सन २०२१ मा स्थापित एनआरएन अफ्रिका छात्रवृत्ति कोषमा अहिलेसम्म रु छ लाख ७१ हजार रुपैयाँ अफ्रिकाका एनआरएनहरुबाट जम्मा भएको छ ।