१५ चैत्र २०८०, बिहीबार
Follow Us

आर्सनलको रोमाञ्चक पुनरागमन जित

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७९, आईतवार ०५:३१

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले पुनरागमन जित निकालेको छ । गए राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३-२ गोलले हरायो । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जित निकालेको हो ।

खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । खेलको ५७औँ मिनेटमा मार्कोस सेनिसीले गोल गरी २-० को अग्रता बनाए । तर खेलको ६२औँ मिनेटमा आर्सनलका थोमस पार्टी, ७०औँ मिनेटमा बेन ह्वाइट र खेलको इन्जुरी समयमा रेइस नेल्सनले गोल गरेपछि आर्सनल विजयी भयो । जितसँगै आर्सनलको २६ खेलमा ६३ अङ्क भएको छ । आर्सनल शीर्ष स्थानमा कायमै छ ।

चेल्सीसँग लिड्स पराजीत
प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेकाे छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए । चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७ औं स्थानमा सिमित छ ।

टोटनहम बल्भ्ससँग पराजित
प्रिमियम लिगमा चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको वल्भ्सले पराजित गरेको छ । शनिवार राती भएको खेलामा बल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १–० मा सिमित पारिदिएको हो । टोटनहमको पराजयमा वल्भ्सका एडमा ट्राओरेले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै वल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३ औं स्थानमा छ । पराजित टोटेनहम ४५ अंक सहित चौथो स्थानमा छ ।