१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७९, बुधबार ०४:४६

लन्डन । चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हराउँदै समग्रमामा २-१ को जितसहित चेल्सीले अन्तिम ८ मा स्थान बनाएको हो ।

पहिलो लेगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा घरेलु मैदानमा पनारगमन गर्द जित निकालेको हो । स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि रहिम स्टर्लिङले ४३औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि काऐ हाभार्टले ५३औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए ।

यता, बेल्जियमको क्लब ब्रुजलाई हराउँदै पोर्चुगलको बेन्फिका युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

पहिलो लेगमा २–० ले विजयी भएको बेन्फिका मंगलबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा ५–१ ले विजयी भएपछि समग्रमा ७–१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।

खेलको ३८ औं मिनेटमा राफा सिल्भाले गोल गर्दै बेन्फिकालाई १–० को सुरूवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रामोसले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर बनाए । ५७ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बेन्फिकालाई ३–० को अग्रता दिलाए ।

७१ औं मिनेटमा जोआओ मारियाले गोल गर्दै बेन्फिकालाई ४–० ले अघि बढाए । ७७ औं मिनेटमा डेभिड नेरेशले गोल गर्दै बेन्फिकालाई ५–० को ले अघि अग्रता दिलाए । ८७ औं मिनेटमा विजोर्न मेइजेरले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि बेन्फिका ५–१ ले विजयी भयो ।