८ बैशाख २०८१, शनिबार
Follow Us

महिला अटोचालकहरु सुदुरपश्चिम सरकारद्वारा सम्मानित

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७९, बुधबार ०४:५१

धनगढी । ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेकाे हाे ।

सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको थियाे ।  यसरी सम्मानित हुनेमा अटो रिक्सा चालकहरुमा भगवती दुवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र वास्मती दहित रहेका छन् ।