६ बैशाख २०८१, बिहीबार
Follow Us

चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७९, शुक्रबार ०६:१४

काठमाडौं । अभिनेता महेश त्रिपाठी अभिनित चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक भएको छ । आगामी वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश र बिनिता थापामगरको मुख्य भूमिका रहेकाे छ । चलचित्रमा महेशले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् ।

चलचित्रमा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व.दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ । उक्त १ मिनेट ३६ सेकेण्डको सार्वजनिक टिजरमा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट देखाइएको छ ।

‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट चलचित्र घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको चलचित्रलाई विक्रमसँगै विप्लप प्रतिक र आकाश बरालले मिलेर लेखेका हुन् ।