१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री दाहाल र बेलायती विदेश राज्यमन्त्रीबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७९, शुक्रबार ०६:४०

काठमाडौँ । बेलायती विदेश राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् ।

विदेश राज्यमन्त्री ट्रेभेलियनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् । भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको काठमाडौँस्थित बेलायती राजदूतावासले जनाएको छ ।

नेपाल–बेलायत मैत्री सन्धि-१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण भएको हो । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन् ।