१५ बैशाख २०८१, शनिबार
Follow Us

घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७९, शनिबार ०५:५७

काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा शुक्रबार आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । माटो ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतिसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ ।

बिजुली सर्ट भएर घर सल्किएको आगोले १० लाख रुपैयाँ बराबरको भौतिक क्षति गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।