१६ चैत्र २०८०, शुक्रबार
Follow Us

टिकट वितरण गर्न नेविसंघमा ३ सदस्यीय समिति

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७९, शनिबार ०५:५९

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि टिकट वितरण गर्न समिति गठन गरेको छ । संघभित्र विवाद कायम भइराखेकोले टिकट वितरणलाई सहज बनाउन फरकफरक समूहको प्रतिनिधित्व हुने गरी तीन समिति गठन गरिएको हो ।

समितिमा संस्थापन पक्षबाट नेविसंघ अध्यक्ष दुजाङ् शेर्पा रहेका छन् भने शेखर-गगन समूहबाट प्रेमिका राना छन् । अर्की सदस्य सिर्जना मल्ल पूर्व विद्यार्थी नेता हुन् ।

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि आजै उम्मेदवारी दर्ताको मिति तोकिएको छ तर नेविसंघभित्रको विवादका कारण उम्मेदवारको टुंगो लागिसकेको छैन ।