१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए अमेरीका क्षेत्रीय सम्मेलन मे १३ र १४ क्यानडामा हुने

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७९, शनिबार ११:५६

लण्डन् । गैरआवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिका क्षेत्रिय सम्मेलन क्यानडामा हुने भएकोछ ।

गैरआवासीय नेपाली संघका अमेरिका क्षेत्रिय संयोजक आरसी पोखरेलका अनुसार सो सम्मेलन आगामी मे १३ र १४ तारिख ग्रेटर टोरोण्टो क्षेत्रको ब्राम्टनमा गर्न लागिएको हो ।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार संघको मार्च ९ तारिख बसेको गैरआवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनएको पदाधिकारी बैठकले सो सम्मेलन गर्ने निर्णय गरेको हो ।

सो सम्मेलन सम्पन्न गर्न अमेरीकाज क्षेत्रिय संयोजकहरु रामसी पोखरेल र प्रकाश सापकोटाको संयोजकत्वमा मुल सम्मेलन आयोजक समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सम्वन्धित क्षेत्रका क्षेत्रिय उपसंयोजकहरु, क्षेत्रिय महिला संयोजकहरु, उपसंयोजकहरु, युवा संयोजकहरु, युवा उपसंयोजकहरु, गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदमा अमेरीका क्षेत्रबाट निर्वाचित एवं मनोनित सदस्यहरु र अमेरिका क्षेत्रभित्र पर्ने सवै देशका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु रहेका छन् ।

क्षेत्रिय सम्मेलनको सल्लाहकारमा ३ जना अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु रविना थापा, डा. बद्री केसी र कुल आचार्य, सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघका पदाधिकारीहरु महासचिव गौरीराज जोशी, डा. केशव पौडेल,कोषाध्यक्ष सुनील शाहलगाएत पदाधिकारी रहेका छन् ।

सो सम्मेलनको लागि आवश्यक तयारी गैरआवासीय नेपाली संघ क्यानाडाले गर्ने अध्यक्ष दीपक गौतमले जानकारी दिए ।