१६ चैत्र २०८०, शुक्रबार
Follow Us

धनगढीका पत्रकार ऐरलाई बेहाेस हुने गरी धुलाइ

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७९, आईतवार ०५:४४

धनगढी । धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण गरिएको छ । शनिवार राति उनीमाथि आक्रमण गरिएको हो । धनगढी खबरमा कार्यरत पत्रकार ऐरमाथि शनिवार राति ९ बजेतिर रुवस होटलमा आक्रमण भएको पत्रकार मोहन पनेरुले जानकारी दिए । पनेरुका अनुसार ऐर रुवस होटलको प्रवेशद्वारमा अचेत अवस्थामा भेटिएका थिए ।

ऐरको टाउकोमा गम्भीर चोट लागेको छ । ऐरको शनिवार राति नै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ । उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ । पत्रकार ऐरलाई धारिलो हतियार वा सिसाले आक्रमण गरेको हुनसक्ने पत्रकार पनेरुले जानकारी दिए ।