८ बैशाख २०८१, शनिबार
Follow Us

म्यानचेस्टर सिटी बिजयी

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७९, आईतवार ०५:४६

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि झिनो जीत निकालेको छ । सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली सिटीले खेलको सुरु देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो ।

दोस्रो हाफको ७८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १–० को जित दिलाए । इल्केए गुन्डोगानलाई माइकल ओलिसले फउल गरेपछि पाएको पेनाल्टीलाई
हालान्डले सदुपयोग गरे पछि सिटी विजयी भएको हो ।  सिटीको २६ खेलमा ६१ अंक छ भने क्रिस्टल प्यालेस २७ अंकसहित १२औं स्थानमा छ ।

लिभुरपुल बर्नमाउथसँग पराजित
पेनाल्टीलाई सदपुयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार पराजित हुन पुगेको छ । अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो। शनिबार भएको खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलअन्तरले पराजित भएको हो ।

लिभरपुललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने क्रममा बर्नमाउथका फिलिप वालिङले २८ औँ मिनेटमा गोल गरे, जुन गोल लिभरपुलको हारका लागि निर्णायक हुन पुगिदियो । पहिलो हाफमा गोल खाएर दबाबमा परेको लिभरपुलले दोस्रो हाफमा पेनाल्टी अवसर पाए पनि त्यसलाई सदपुयोग गर्न भने सकेन । ्दोस्रो हाफको ७० औँ मिनेटमा मोहम्मद सलाहले गोलमा परिणत गर्न सकेनन् । पेनाल्टीमा चुक्दा उननको प्रहार पोस्टबाट बाहिरिन पुग्यो । र, लिभरपुलको अघिल्लो खेलमा देखाएको दाजु यस खेलमा निराशामा परिणत हुन पुग्यो ।

लिभरपुल भने ४२ अंकसहित लिगको पाँचौँ स्थानमा छ भने बर्नमाउथले २६ खेलबाट २४ अंकमा सिमित छ ।