६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएद्धारा टर्कीका भूकम्प पिडितको लागि ९ हजार डलर सहयोग

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७९, आईतवार १८:५६

लण्डन् । टर्कीमा गएको विनासकारी भूकम्पका पीडितका लागि एनसीसी टर्कीले गरिरहेको सामाजिक कार्यमा ऐक्यबद्धता र समर्थन जनाउँदै गैरआवासीय नेपाली संघले आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष फणिन्द्र पन्तका अनुसार संघको पदाधिकारी बैठकको निर्णय अनुरुप संघको तर्फबाट ५ हजार सहयोग गरिएको हो । संघले आइतवार एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई सो रकम हस्तान्तरण गरेको हो । यस्तै संघका अभियान्ताहरुबाट संकलित छुट्टै ४ हजार डलर पनि आइतवारनै हस्तान्तरण गरिएको छ ।

संघले आइतवार आयोजित अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ४ हजार १ सय १९ डलर १९ सेन्ट आर्थिक सहयोग हस्तान्तर गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको महिला विभागद्धारा आयोजित ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमकाबीच सो रकम हस्तान्तरण गरिएको हो ।

संघले एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई उपसभामुख इन्दिरा रानामार्फत सो रकम हस्तान्तरण गरिएको हो ।

आर्थिक संकलनको लागि एनआरएनए मिडिया समितिकी सहसंयोजक बाबा राजेश्वरी थापाले सकृयता देखाएकी थिइन् ।