१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए उपाध्यक्ष आरके शर्मा बेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७९, आईतवार २१:५२

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष आरके शर्मा बेलायतमा सम्मानित भएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेले आइतवार एक कार्यक्रमको आयोजना गर्दै उनलाई बेलायतमा स्वागत तथा सम्मान गरेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको विषेश उपस्थितिमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष सुनिल खड्काले शर्मालाई खादा लगाएर सम्मान गरे ।

कार्यक्रममा बोल्दै शर्माले गैरआवासीय नेपाली संघको अभियानमा मध्येपूर्वको महत्वपूर्ण भूमिका रहेको बताउंदै श्रमिकहरुको सम्मान हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा संघका उपमहासचिव रामशरण सिमखडा, एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, तमुधीं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, सुरेन्द्र श्रेष्ठ, कपिल श्रेष्ठ, सकुन्तला गुरुङ, एनआरएनए यूकेका कोषाध्यक्ष विष्ण खरेल, दिपक खड्का लगायत उपस्थित थिए । शर्मा १० दिने लामो बेलायत भ्रमणमा आएका हुन् ।