११ बैशाख २०८१, मंगलवार
Follow Us

काठमाडौंका मेयर बालेन लण्डन आउने

नेपालब्रिटेन डट कम्
२९ फाल्गुन २०७९, सोमबार ०४:१२

लण्डन्।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लण्डन आउने भएका छन् ।

फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिटमा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली भोलि विहान लण्डन उत्रिने भएको हो ।

टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।

बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।