७ बैशाख २०८१, शुक्रबार
Follow Us

दाङमा ४ वर्षीया नाबालिगमाथि बलात्कार

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७९, सोमबार ०४:४७

दाङ । दाङमा ४ वर्षीया नाबालिगमाथि बलात्कार भएको छ । बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको उनीमाथि आरोप छ। उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।  जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।